दफा ४३
साहूको सभा बोलाउनु पर्ने
: (१) लिक्विडेटरले दफा ४२ बमोजिम आफ्नो प्रतिवेदन तयार
गर्नुअघि र त्यसपछि आवश्यकता अनुसार समय समयमा कम्पनीका साहूहरूको सभा बोलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम साहूको बैठक बोलाउँदा दफा २१ को उपदफा (२) र
(३) को रीत पुर्याई बोलाउनु पर्नेछ ।
(३) साहूको सभाको अध्यक्षता लिक्विडेटरले गर्नेछ ।
(४) साहूको सभासम्बन्धी अन्य कुराहरूका सम्बन्धमा दफा २४ का व्यवस्थाहरूआवश्यक हेरफेर सहित लागू हुनेछन् ।